आगामी साता दुई दिन मात्रै सेयर बजार खुल्ने
१ फागुन, काठमाडौं । आगामी साता दुई दिन मात्रै सेयर बजार खुल्ने भएको छ। सातामा सामान्यतया पाँच दिन कारोबार हुने भए पनि अर्को साता तीन दिन सार्वजनिक बिदा परेकाले ई दिन मात्र सेयर कारोबार हुने भएको हो।
फागुन ३ गते आइतबार महाशिवरात्री, फागुन ६ गते बुधबार ग्याल्पो ल्होसार तथा फागुन ७ गते बिहीबार प्रजातन्त्र दिवस परेका कारण ती दिन सार्वजनिक विदा हुन्छ । त्यसैले साताभरमा दुई दिन मात्र सेयर बजार खुल्ला रहने छ ।
प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १७:५१










