१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

कांग्रेसले फागुन ३ गते घोषणापत्र सार्वजनिक गर्ने

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसले फागुन ३ गते आइतबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ। कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले शुक्रबार विज्ञप्ति जारी गरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिनुभएको हो ।

कांग्रेसले यसपालि घोषणापत्रलाई प्रतिज्ञापत्र भनेर सार्वजनिक गर्न लागेको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १६:३८