१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

नेप्सेमा सालपा विकास बैंकको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

१ फागुन, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सालपा विकास बैंक लिमिटेडको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा बैंकको १०० रुपैयाँ अंकित मूल्य रहेको कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर आज सूचीकृत भएको हो । जसमा सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको ३५ लाख कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको५२ लाख २३ हजार ८८० कित्ता रहेको छ ।

नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । बैंकको आइपीओ ‘एसएबीबीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १५:१७