टक्सार पिखुवा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति
१ फागुन, काठमाडौं। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट आजै अनुमति पाएको हो ।
कम्पनीले ४२ करोड ३० लाख रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १४:४९











