१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न मनकामना इन्जिनियरिङले बाेलायाे साधारण सभा

१ फागुन, काठमाडौं। मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १७ गते सभा बोलाएको हो । सो सभा नयाँ बानेश्वरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको हकप्रद सेयर निष्कासनको पूर्व स्वीकृतीलाई अनुमोदन गरिनेछ । यस्तै सञ्चालक समितिलाई अनुमोदन गर्ने र हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि नियमनकारी निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १२:५३