१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

सानिमा मिडिल तमोरको लक इन चैतमा सकिँदै

१ फागुन, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको लक इन अवधि आगामी चैतमा समाप्त हुने भएको छ । कम्पनीले स्थानीय बासिन्दा, संस्थापक सेयरधनी तथा कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि चैत ७ गते सकिने भएको छ । कम्पनीको कुल २ करोड ८३ लाख २६ हजार २५० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।

हाल संस्थापक समूहको २ करोड ३३ लाख २७ हजार ५०० हजार कित्ता सेयर, स्थानीयको ३३ लाख ३२ हजार ५०० कित्ता र कर्मचारीहरुको १६ लाख ६६ हजार २५० कित्ता सेयर लकइनमा रहेको छ । नियम अनुसार आइपीओ बिक्रीपछि यी समूहका सेयर ३ वर्षका लागि लकइन राख्नु पर्ने व्यवस्था गरिएको छ ।

सोही अनरुप कम्पनीको सेयर लक इनमा रहेको थियो । ‘लक इन’ अवधि सकिएपछि दोस्रो बजारमा कारोबार योग्य हुनेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १२:४४