१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँः प्रधानमन्त्री कार्की

१ फागुन, काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गर्नुभएको छ ।

पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै आज उहाँले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री कार्कीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका जिल्ला प्रमुखसँग पनि निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्नुभएको उहाँका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरको दर्शन पनि गर्नुभएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १२:२५