ओम मेगाश्री फर्मास्युटिकल्स करिब ४ करोड नोक्सानीमा
१ फागुन, काठमाडाैं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनी ३ करोड ८४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ।
सो अवधिसम्ममा कम्पनीले १० करोड ४८ लाख रुपैँयाँ सञ्चालन आम्दानी गरेको छ । त्यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल आमनी १० करोड ५१ लाख रुपैयाँ रहेको छ भने कम्पनीको कुल खर्च १४ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने अन्य जगेडा ६ करोड २३ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमासिकसम्मको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपेयाँ ८१ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ९३ पैसा रहेको छ ।
प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार ११:१४










