बेनी हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति
२९ माघ, काठमाडौं । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले सर्वसाधारणका लागि २० करोड ८० लाख रुपैयाँ बराबरको रु। १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १७:१२








