बुङ्गल हाईड्रोको १ लाख ३ हजार कित्ता सेयरको लक इन अवधि चैतमा सकिँदै
२९ माघ, काठमाडौं। बुङ्गल हाईड्रोको लक इन अवधि आगामी चैतमा समाप्त हुने भएको छ । कम्पनीले सामूहकि लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशत अर्थात १ लाख ३ हजार ७५० कित्ता सेयरको लकइ इन अवधि चैत १ गते समाप्त हुन लागेको हो ।
कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ गत असोज २ गते बाँडफाँड भएको थियो ।
सर्वसाधारणलाई बाँडफाँड भएको मितिले सामूहिक लगानी कोषलाई छुट्टाइएको सेयर ६ महिनासम्म लक इनमा राख्नु पर्ने प्रावधान रहेको छ । सोही अनरुप कम्पनीको सेयर लक इनमा रहेको थियो । ‘लक इन’ अवधि सकिएपछि दोस्रो बजारमा कारोबार योग्य हुनेछ ।
प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १६:१६








