ङादी ग्रुपसहित यी कम्पनीमा झुम्मिदै लगानीकर्ता, कुनको कारोबार कति ?
२९ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ८.९७ अंकले घटेर २६७१.०७ को बिन्दुमा बन्द भएको छ । बिहीबार १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ । यस दिन ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाख रुपैयाँको कारोबार भएको हो ।बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ७० करोड ५३ लाख रुपैयाँकाे काराेबार भएकाे हाे । त्यस्तै, यस दिन एसवाई प्यानलको ४३ करोड ४२ लाख रुपैयाँ, रिडी पावर कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँ र आँखुखोला पावर कम्पनीको ३९ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १५:१७








