११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

‘वैदेशिक रोजागारीमा सुधार ल्याउन तीन सय व्यवसायीलाई एकै पटक जेल हाल्नुपर्छ’

१२ चैत, काठमाडौँ । वैदेशिक रोजागार व्यवसायी संघका पूर्व अध्यक्ष हंशराज वाग्लेले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने बताएका छन । दैनिकीसँग कुरा गर्दै पूर्व अध्यक्ष वाग्लेले वैदेशिक रोजगार व्यवसायमा समस्या थोरैमात्र भए पनि योगदानलाई बिर्सिेर समस्याको कुरामात्र गरेको गुनासोसमेत गरेका छन ।

उनले भने ‘हिजो हामीले लेबरका लागि विदेश पठाएकाहरु आज एनआरएन बनेर हामीलाई नै दलाल भन्दैछन । तिनीहरुको हैसियत कसका कारण बन्यो ? तिनीहरु त्यहाँसम्म कसरी पुगे ?’ वाग्लेले वैदेशिक रोजगारी जस्तो महत्वपूर्ण पेशलाई दलालीको संज्ञा दिएर बद्नाम गरिएको पनि बताए । उनले भने ‘विश्वमै श्रमबजार प्रस्पिर्धात्मक बनिरहेको अवस्थामा हाम्रो वैदेशिक रोजगारीलाई पनि व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा उल्टै विदेशमा रहेकालाई समेत फर्काउने हावा गफ राजनीतिक नेतृत्वले दिइरहेका छन ।’

पूर्व अध्यक्ष वाग्लेले वैदेशिक रोजगार नै समाप्त गर्ने भन्ने जस्ता सस्ता टिप्पणी राजनीतिक वृतमा हुने गरेको भन्दै वैदेशिक रोजगारलाई समाप्त गर्ने हावा टिप्पणी नगर्न आग्रह पनि गरे । उनले अमेरिकाको मान्छे समेत कतारमा आएर रोजगारी गरिरहेको बताउँदै युवाहरुले विदेशमा सिकेको सीप र क्षमता आफ्नो देशको समृद्धिमा लगाउने गरी योजना बनाउन सरकारलाई आग्रह पनि गरे । उनले पछिल्लो पटक श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले चालेको कदमको स्वागत गर्दै कर्मचारी प्रशासन सुधार्ने हो भने आधा समस्या त्यसै हल हुने बताए ।

दैनिकीसँगकै कुराकानीमा अर्का एक व्यवसायीले नाम नबताउने शर्तमा व्यवसायभित्रको विकृत सुधारका लागि एकै पटक तीन सय व्यवसायीलाई जेल हाल्नु पर्ने सुझाव दिएका छन । उनले वैदेशिक रोजगार व्यवसायको विकृत न्यूनिकरण नहुनुमा व्यवसायी कै सबैभन्दा ठूलो दोष रहेकाले तीन सयलाई जेल हालेपछि बाँकीले डरले पनि गलत काम नगर्ने बताए ।

उनले वैदेशिक रोजगार व्यवसाय सुधारका निम्ति धेरै प्रयास भए पनि ती प्रयास असफल भएको त्यसमा व्यवसायीकै हात रहेको बताए । उनले भने ‘विगतमा आफैँले ठग्न सिकाए आज नगर भनेर कसले टेर्ने ? न कर्मचारी मान्छन न व्यवसायी नै अनुशासित छन ।’

प्रकाशित मिति : March 26, 2018 at 12:17 pm