२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

नेपाली टेनिस क्लव अष्ट्रेलियाको साधारण सभा, अध्यक्षमा दिपेन्द्र गुरुङ

एडिलेड / साउथ अस्ट्रेलियाका नेपालीमुलका लन टेनिस खेलाडीको संस्था नेपाली टेनिस क्लब अस्ट्रेलियाको साधारण सभा सम्पन्न भएको छ ।

सभाले आगामी दुई वर्षका लागि दिपेन्द्र गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

यसैगरी नवगठित कार्यसमितिमा उपाध्यक्षमा नवीन कँडेल, सचिवमा बलराम भण्डारी, सह-सचिवमा भेष थापा, कोषाध्यक्षमा राजु के.सी. तथा जनसम्पर्क अधिकृतमा सुरेन्द्र रेग्मी निर्वाचित  हुनुभएको छ । भने सदस्यहरूमा उमेश बुढाथोकी, कुमार ढकाल, मोहन शाही, दीपेश कुँवर, सुदीप गुरुङ, रेशम गुरुङ, लोकेन्द्र गुरुङ, मोहन श्रेष्ठ, दिलिप तामाङ र नवीन काङवाङ रहनुभएको छ ।

Screenshot

नव निर्वाचित अध्यक्ष गुरुङले खेलकुद स्वस्थ जिवनका लागि महत्वपुर्ण भएको यसका अलावा खेलकुद मार्फत प्रवासमा नेपाली समुदाय विच भातृत्वको समेत विकास र विस्तार गर्ने क्लबको उददेश्य रहेको बताउनु भयो ।  उहाले टेनिस नेपालमा त्यति धेरै खेलिने खेल नभएको पनि टेनिस चाडै सिक्न सक्ने आफ्नो खेलको स्तर अनुसार खेल्न मिल्ने र घाउ चोटको संभावना पनि अरु खेलमा भन्दा निकै कम भएकाले पनि निर्धक्क भएर खेल्न सकिने भएकाले यहा रहेको नेपाली समुदायका लागि उपयोगी खेल भएको बताउनु भयो 

क्लबले नियमित सदस्यहरु विच नियमित अभ्यास, आन्तरिक र राज्य स्तरमा मैत्रीपूर्ण प्रतियोगिता सहित समुदायको हितकारी काम गर्दै आएको छ ।

यसै विच क्लबले आगामी तीन वर्षका लागि लोन सोलुसन लाई प्रमुख प्रायोजकका रूपमा चयन गरिएको सदस्य उमेश बुढाथोकीले बताउनु भयो । 

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १२:३९