२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

महुली लघुवित्तको संञ्चालकमा बामदेव सिग्देल नियुक्त

२९ माघ, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा डा. बामदेव सिग्देल नियुक्त हुनुभएको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिग्देललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

सिग्देललाई माघ २८ गतेदेखि नै लागू हुने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १२:३५