२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

राष्ट्रिय सभा अधिवेशन अन्त्य

२९ माघ, काठमाडौं । राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ।  राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो ।

गत माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको थियो । संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल मन्त्रिपरिषद्को फागुन २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य जारी गर्नुभएकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १२:२५