२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

मन्दाकिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो

२९ माघ, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ७ करोड ३१ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ९६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ०.८९ प्रतिशत बढेर ३ करोड ६० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६.१३ प्रतिशत बढेको छ। ६४ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८ करोड १८ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिसेयर आम्दानी ४५ पैसा घटेर ११ रुपैयाँ १४ पैसामा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.४५ गुणा रहेको छ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १०:४९