२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

सागर डिष्टिलरीको आम्दानी बढ्यो, प्रतिसेयर आम्दानी ऋणात्मक

२९ माघ, काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १२ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११५.४१ प्रतिशत बढेको हो।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद बिक्री आम्दानी ११७.८१ प्रतिशत बढेको छ भने कुल नाफा १००.५४ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको साेही अवधिमा १ करोड ५३ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ६१ करोड रुपैयाँ नोक्सानी व्यहोरेको छ।

कर्मचारी सुविधा खर्च १ करोड ४९ लाख रुपैयाँबाट बढेर २ करोड ९१ लाख रुपैयाँ पुगेको छ। प्रशासनिक तथा अन्य खर्च ५० लाख ८२ हजार रुपैयाँबाट ६१ लाख ४६ हजार रुपैयाँ पुगेको छ भने बिक्री तथा वितरण खर्च १ करोड ८० लाख रुपैयाँबाट २ करोड १ लाख रुपैयाँमा उक्लिएको छ।

७२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा २० करोड ५७ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २१ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३४ पैसा रहेको छ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १०:२२