२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

हिमालयन लाइफको साधारण सभा सम्पन्न, यी प्रस्ताव पारित

२९ माघ, काठमाडाैं। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडाैं नक्सालस्थित आम्रपाली बैंक्वेटमा बुधबार कम्पनीको सभा सम्पन्न भएको हो ।

उक्त सभाले सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, कम्पनीको आव २०८१/८२ को अवधिको लागि एनएफआएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु सर्वसम्मतीले स्वीकृत गरेको छ ।

यस्तै सभाले स्वतन्त्र संचालक गोपाल घिमिरेको नियुक्ति र सञ्चालक दिपक नेपालको नियुक्तिलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।त्यस्तै, सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आव २०८१/८२ को वित्तीय विवरण अनुमोदन गरेको छ भने सञ्चालक समितिको सिफारिस बमोजिम आव २०८२/८३ को लागि बाह्य लेखापरीक्षकमा एसएआर एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको छ ।

त्यस्तै कम्पनीको प्रस्तावित बिषयमाथि नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८१/८२ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार ०९:४३