बन्दीपुर केबलकारको नोक्सानी घट्यो
२९ माघ, काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ करोड ५९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७४ लाख ९१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ।
यो अवधिमा कम्पनीको कुल आम्दानी ७८.४३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १ करोड ४६ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म २ करोड ६० लाख रुपैयाँबराबरको आम्दानी गरेको छ ।
कम्पनीको वित्त खर्च १ करोड ३२ लाख रुपैयाँबाट घटेर ८५ लाख १६ हजारमा सीमित बनेको छ । २ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ५३ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४७ पैसा रहेको छ।
प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार ०९:३७








