२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

नेपाल लाइफ इन्स्योरेन्सको नाफा घट्याे, प्रतिसेयर आम्दानी कति ?

२९ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ३३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.०३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १५.३७ प्रतिशत बढेको छ भने कुल आम्दानी ७.०९ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ८.१९ प्रतिशत र कुल खर्च ९.०२ प्रतिशत बढेको छ।

९ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ५३ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६७ करोड ७६ लाख रुपैयाँ र अन्य इक्विटीमा १४ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३० पैसा घटेर ७ रुपैयाँ ११ पैसामा सीमित भएको छ। कम्पनीकाे मूल्य आम्दानी अनुपात १०८.१९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ८६ पैसा रहेको छ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार ०९:२०