२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

रिडी पावरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

२८ माघ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से ०.०४ अंकले घटेर २६६२.०९ को बिन्दुमा कायम भएको छ । बुधबार ११३ कम्पनीको सेयर मूल्य बढेको भने १३३ कम्पनीको मूल्इ घटेको छ । १३ कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार रिदी पावर कम्पनीको सर्बाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे  ६५ करोड ४७ लाख रुपैयाँको काराेबार भएकाे हाे । त्यस्तै, आँखुखोला जलविद्युतको ६२ करोड १३ लाख रुपैयाँ, सिंगटी हाइड्रो इनर्जीको ५८ करोड ७६ लाख रुपैयाँ, एसवाई प्यानलको २७ करोड ४९ लाख रुपैयाँकाे कारोबार भएको छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १५:१२