२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

आयल निगम आफैंले बेच्न थाल्यो एलपी ग्यास, कुन–कुन पाइन्छ ?

२८ माघ, काठमाडौं । पछिल्लो दिनहरुमा बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासोसँगै नेपाल आयल निगमले पनि एलपी ग्यास सिलिन्डर बिक्री गर्न थालेको छ । निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै बिक्री वितरणको व्यवस्था मिलाएको हो ।

साना डिपो व्यापारीहरुले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएसँगै उपभोक्ताको सहजताका लागि निगमले  टेकु कार्यालयबाट ग्यास बिक्री सुरु गरेको हो ।

ग्यास नपाएका सर्वसाधारणले खाली सिलिन्डरसहित नेपाल आयल निगमको टेकुस्थित कार्यालय परिसरमा सम्पर्क गरी नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यास लिन सक्नेछन् ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १३:१८