१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

८५.१७ प्रतिशतले घट्यो एनएलजी इन्स्योरेन्सको नाफा

२८ माघ, काठमाडौं। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.१७ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिसम्म कम्पनीले ४५ करोड १९ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.८८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४४ करोड ३५ लाख रुपैयाँबराबरको बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको कुल आम्दानी ७८ करोड २३ लाख रहेको छ । यो अवधिमा कम्पनीको कुल खर्च ५६ करोड ५ लाखबाट बढेर ७६ करोड ६६ लाख पुगेको छ । यस्तै कम्पनीको बीमा दाबी भुक्तानी ३१ करोड ३८ लाखबाट बढेर ४९ करोड ३९ लाख पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७४.१५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७९०.५८ गुणा कायम भएको छ ।

प्रकाशित मिति : February 11, 2026 at 12:41 pm