२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

बुटवल पावर कम्पनीको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२८ माघ, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २२ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १०.७६ प्रतिशत बढेर ४६ करोड ४० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा १८.६५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २०.२२ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने ३८ लाख ८ हजार रुपैयाँबाट बढेर १ करोड १७ लाख २१ हजार रुपैयाँ पुगेको छ।

३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। याे अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८५ पैसा बढेर १३ रुपैयाँ २२ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५९.४५ गुणा रहेको छ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १२:३५