२२.१७ प्रतिशतले बढ्यो सलिको आम्दानी
२८ माघ, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चालू आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीकाे १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । याे गत आवको साेही अवधिकाे तुलनामा २२.१७ प्रतिशतले बढी हाे । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ३१ करोड ४० लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो ।
गत आवको पुस मसान्तसम्म ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा रहेकाे यस कम्पनीकाे चालू आवको सोही अवधिमा नाफा ४३.२९ प्रतिशतले घटेर ३ करोड ७३ लाख रुपैयाँ सिमित रहेकाे छ ।
याे अवधिमा सलिकोको खुद बीमाशुल्क आर्जन ६१.९४ प्रतिशतले बढेर १ अर्ब १६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीकाे महाविपत्ति कोषमा २१ करोड ७१ लाख र जगेडा कोषमा १० करोड २९ लाख रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : २८ माघ २०८२, बुधबार ११:४९








