२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

हकप्रद सेयर निष्काशन गर्दै दुई कम्पनी, कुनको कति ?

२७ माघ, काठमाडौं । दुई कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । साहज उर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

साहज उर्जाले १ः१ अनुपातमा ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले १ः१ अनुपातमा १ अर्ब ७९ करोड ८१ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ८१ ह जार २११ कित्ता हकप्रद निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १७:२५