२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

नेप्सेमा गिरावट कायमै, कारोबार रकम पनि घट्यो

२७ माघ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १०.२५ अंकले घटेर २६६२.१४ को बिन्दुमा बन्द भएको छ । यस दिन ७४ कम्पनीको सेयर मूल्य बढेको भने १७९ कम्पनीको मूल्य घटेको । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँको कारोबार भएको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक घटेको छ । यस दिन कालिञ्चोक दर्शनको सेयर मूल्य सर्वाधिक ६.३६ प्रतिशत बढेको छ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे यस दिन सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १५:१८