२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

रामेछाप बस दुर्घटनाः ४ जनाको मृत्यु, घाइतेलाई अस्पताल पठाइयो

२७ माघ, रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ६ जना घाइते भएका छन् ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।

रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ । उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १२:२६