२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नराख्न सर्वोच्चको अन्तरिम आदेश

२७ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनहरूमा अंग्रेजी भाषाको इम्बोड नम्बर प्लेट अनिवार्य नगर्न अन्तरिम आदेश दिएको छ ।न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले यातायात व्यवस्था विभागले ३ भदौ २०८२ मा जारी गरेको सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो ।

‘यातायात व्यवस्था विभागको भदौ ३ गतेको सूचना अनुसार अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउने कार्य उल्लिखित संवैधानिक र कानुनी व्यवस्थाको आलोकमा कार्यान्वयन नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १२:१४