काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
२७ माघ, काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । बस मंगलबार बिहान दुर्घटनामा परेको बताइएकाे छ ।
बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएकाे छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार ११:५५








