२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

माण्डु हाइड्रोपावरको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७ माघ, काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९६ प्रतिशतले बढी हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले १६ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको कुल आम्दानी ३९ करोड ६४ लाख रहेको छ । अघिल्लो आवमा ८ करोड १४ लाख रहेको कम्पनीको वित्त खर्च बढेर ९ करोड ६० लाख पुगेको छ । यो अवधिमा कम्पनीको कर्मचारी खर्च १ करोड ३५ लाखबाट बढेर १ करोड ६२ लाख, सञ्चालन तथा मर्मत खर्च १ करोड ५० लाखबाट बढेर १ करोड ७४ लाख र प्रशासनिक खर्च ४१ लाख ६० हजारबाट बढेर ५२ लाख ४९ हजार पुगेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । याे अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११.८९ रुपैयाँबाट बढेर १३.४३ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५२.८२ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १०:२७