भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
२७ माघ,काठमाडाैं भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। कुमारी क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २५ लाख ७९ हजार ९२० आवेदकबाट २ करोड ८४ लाख ४१ हजार ६८०० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
कुल २५ लाख ३९ हजार ८ सय ९२ जनाको आवेदन मात्र योग्य भएको छ भने बाँकी आवेदन रद्द भएका छन्। कम्पनीकाे आईपीओमा माग भन्दा बढी मात्रामा आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। गोलाप्रथाबाट बाँडफाँड गर्दा ८३ हजार जनाले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी २४ लाख ५६ हजार ८९२ आवेदकको हात रित्तो भएको छ।
कम्पनीकाे आईपीओकाे नतिजा केही समयपछि प्रकाशन हुनेछ । आईपीओकाे नतिजा बिक्री प्रबन्धकको वेबसाइट:https://kumaricapital.com/share-details , सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ र मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १०:०७








