भुजुङ्ग हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउने कति ?
२६ माघ, काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ माघ २७ गते मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले मंगलबार बिहान ९ बजे बाँडफाँड गर्न गरेको हो ।
हाईड्रोपावरले गत माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओमा ३ करोड ७ लाख ८४ हजार ८२० कित्ता सेयरका लागि २६ लाख ६५ हजार १७४ जनाको आवेदन परेको छ । यो माग गरिएको भन्दा ३७.०९ प्रतिशत बढी हो । कम्पनीको आईपीओ ८३ हजारले मात्रै १०/१० कित्ताका दरले पाउनेछन् ।
प्रकाशित मिति : २६ माघ २०८२, सोमबार १६:१४








