२६.०५ अकंले घट्यो नेप्से, १० अर्ब ७७ करोडको कारोबार
२६ माघ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से २६.०५ अकंले घटेर २६७२.३९ बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।
सोमबार ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१२ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । सोमबार रिडी पावर कम्पनीको ७७ करोड १९ लाख रुपैयाँसहित सर्वाधिक कारोबार भएको छ । यस दिन खानी खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ। माया खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ५.४० प्रतिशत घटेको छ।
प्रकाशित मिति : २६ माघ २०८२, सोमबार १५:४३








