२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

सिटिजन लाइफको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२६ माघ, काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनी ३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२४ प्रतिशतले बढी हाे । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको खुद बीमाशुल्क २२.२२ प्रतिशतले बढ्दै ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यो रकम ३ अर्ब १८ करोड रुपैयाँ थियो। यसैगरी, कम्पनीको कुल आम्दानी पनि ४ अर्ब ९८ करोड रुपैयाँमा पुगेको छ । जुन अघिल्लो आवको ४ अर्ब १८ करोडको तुलनामा वृद्धि भएको हो। कम्पनीको प्रतिसेयर आम्दानी ९.५४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४६.९१ रुपैयाँ कायम रहेको छ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार १०:४६