२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

रिलायन्स फाइनान्सको सीईओमा डा.मल्ल नियुक्त

२६ माघ, काठमाडाैं । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. बुद्धि कुमार मल्ल नियुक्त हुनुभएकाे छ । माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मल्ललाई कम्पनीको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मल्ललाई फागुन १ गतेबाट लागू हुनेगरी सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । यस्तै सोही बैठकले कम्पनीका यसअघिका सीईओ समाज प्रकाश श्रेष्ठको राजीनामा फागुन १ गतेबाट लागू हुनेगरी स्वीकृत समेत गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार १०:१५