रेशम चौधरी उम्मेदवार हुन नपाउने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन
२५ माघ, काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीलाई कैलाली क्षेत्र नं १ बाट उम्मेदवार बन्न माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले आज उक्त विवादमा सुनुवाइपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
आदेशमा भनिएको छ, “उक्त संवैधानिक एवं कानुनी व्यवस्थाको व्याख्या प्रस्तुत रिट निवेदनको अन्तिम सुनुवाइको बखत हुने हुँदा सुविधा सन्तुलनको दृष्टिबाट मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन । नियमानुसार पेस गर्नू ।”
कैलाली क्षेत्र नं १ का निर्वाचन अधिकृतले उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध चौधरीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
प्रकाशित मिति : २५ माघ २०८२, आईतवार २३:२२








