२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, उम्मेदवार हुन नपाउने

२५ माघ, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। चौधरीविरूद्ध सर्वोच्च अदालतमा अन्य मुद्दा पनि विचाराधीन अवस्थामा रहेको भन्दै सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

चौधरी कैलाली–१ का निर्वाचन अधिकृतको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत जानुभएको थियो । सर्वोच्चले निर्वाचन अधिकृतको निर्णय यथावत् राखेसँगै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा चौधरी उम्मेदवार हुन नपाउने हुनुभएको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १७:४३