गणपति लघुवित्तको नवलपुर शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
२५ माघ, काठमाडाैं । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय नवलपुर सर्लाहीद्वारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम माघ २४ गते शनिबारका दिन हरिवन नगरपालिका वडा नं. ०४ का वडाध्यक्ष केशव राज थापाको प्रमुख आतिथ्यतामा सर्लाहीको हरिवनमा सम्पन्न भएको छ ।
संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुतिमा नवलपुर अनुगमन कार्यालयका अनुगमन अधिकृत दिपक माझीले गरेका थिए । सो क्रममा वित्तीय साक्षरता, यसको महत्त्व सहित आम्दानी, खर्च र वचतको व्यवस्थापन, कर्जाको महत्त्व लगायतका बिषयमा सहभागीलाई जानकारी गराईएको थियो ।
उक्त कार्यक्रममा शाखा कार्यालय नवलपुर अन्तर्गत संचालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख तथा वित्तिय संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गर्ने मध्ये बर्षका ३ उत्कृष्ठ व्यवसायिक ग्राहकलाई समेत कदर पत्रद्धारा सम्मान गरिएको थियो ।
करिब ५९ जना ग्राहक सदस्यहरुको सहभागिता रहेको वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता केन्द्र नं. १४९ कि प्रमिला देवीले गर्नु भएको थियो ।
उक्त कार्यक्रमकै विचमा सहभागीहरुलाई शाखा प्रबन्धक सुभाष कुमार चौरसियाले सरफ बनाउने सिपमुलक तालिम पनि प्रदान गर्नुभएकाे थियाे ।
प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १६:०१








