सुपरमादी हाइड्रोसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
२५ माघ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १०.२५ अंकले घटेर २६९८.४४ अंको गिरावट आएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो । यस दिन सुपरमादी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीकाे यस दिन ५६ करोड ३ लाख रुपैयाँकाे काराेबार भएकाे हाे ।
त्यस्तै, यस दिन आँखुखोला जलविद्युत कम्पनीको ५१ करोड ४९ लाख रुपैयाँ, रीडी पावर कम्पनीको ४७ करोड ७४ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ४३ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १५:१३








