१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

नागरिक लगानी कोषकाे नाफा ६६ करोड ५३ लाख, प्रतिसेयर आम्दानी कति ?

२५ माघ, काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ६.९२ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कोषको खुद नाफा ६२ करोड २२ लाख रुपैयाँ थियो ।

यो अवधिमा कोषले १ अर्ब ६ करोड रुपैयाँ बराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २.८६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कोषले १ अर्ब ३ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।

सेवा शुल्क तथा कमिसन आम्दानीमा वृद्धि भएपछि कोषको नाफामा सुधार देखिएको हो। सेवा शुल्क तथा कमिसन आम्दानी ८१ करोड १ लाख रुपैयाँबाट बढेर ८३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। तर खुद ब्याज आम्दानी भने १९ करोड ३३ लाख रुपैयाँबाट घटेर १७ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ।

याे अवधिसम्मम कम्पनीकाे चुक्ता पुँजी ६ अर्ब ८० करोड रहेकाे छ भने कम्पनीकाे जगेडा कोषमा १२ अर्ब २८ करोड रहेकाे छ । समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : February 8, 2026 at 2:20 pm