नेपाल वेयरहाउजिङ्गको नोक्सानी घट्यो, प्रतिसेयर आम्दानी कति ?
२५ माघ, काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म २ करोड ९ लाख रुपैयाँ घाटा व्यहोरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको ४ करोड ४९ लाख रुपैयाँ घाटाको तुलनामा उल्लेख्य सुधार हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १ करोड ८७ लाख रुपैयाँबाट बढेर ४ करोड २४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा १ करोड ७९ लाख रुपैयाँबाट बढेर ४ करोड २७ लाख रुपैयाँ पुगेको छ।
६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको चालु सम्पत्ति १६ करोड २४ लाख रुपैयाँ पुगेको छ भने चालु दायित्व ६४ लाख ९२ हजार रुपैयाँ मात्र रहेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ २४ पैसा रहेको छ।
प्रकाशित मिति : २५ माघ २०८२, आईतवार ११:५३








