श्रीनगर एग्रीटेकको नाफामा उल्लेखनीय सुधार, प्रतिसेयर आम्दानी कति ?
२५ माघ, काठमाडौं। श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०९ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षमा कम्पनीले ५० लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियाे । समीक्षा अवधिमा कम्पनीले ३७ लाख ८३ हजार रुपैयाँ बराबरको अन्य आम्दानी गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने कुल चालु दायित्व ३७ करोड ६१ हजार रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर आम्दानी १.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.६२ रुपैयाँ, तरलता अनुपात ३.६७ प्रतिशत रहेकाे छ ।
प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १०:३७








