कलाकार सुनिल थापाकाे निधन
२४ माघ, काठमाडौँ । कलाकार सुनिल थापाको निधन भएको छ ।
थापाको आज बिहान उपचारका क्रममा निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।
थापाको हृदयघातका कारण निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । नेपाली चलचित्रमा खलनायकको भूमिकामा सफल थापा ‘राते काइँला’ को नामले पनि चर्चित हुनुहुन्थ्यो।
प्रकाशित मिति : २४ माघ २०८२, शनिबार ०९:५९








