१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

बैतडी बस दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

२३ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार बसेको सुदूरपश्चिम मन्त्रिपरिषदको बैठकले मृतक परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको हो। साथै, दुर्घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा  निस्शुल्क उपचार गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : February 6, 2026 at 3:38 pm