२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

नबिल इन्भेस्टमेन्ट १६ औँ वर्षमा प्रवेश, दिगो लगानीमार्फत पूँजी बजारमा योगदान जारी

२३ माघ, काठमाडाैं । नबिल इन्भेस्टमेन्टले १५ औं वर्षको उत्कृष्ट सेवा प्रदान गर्दै आज १६ औँ वर्षमा प्रवेश गरेका छ । यस अवसरमा आज माघ २३ गते कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत नक्साल, नारयणचौरको प्रांगणमा रक्तदान कार्यक्रम संचालन गरिरहेको छ ।

विसं २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । स्थापनादेखि हालसम्म नाबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले व्यावसायिकता, सुशासन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवाका माध्यमबाट संस्थागत विश्वास निर्माण गर्न सफल भएको छ । बदलिँदो वित्तीय परिवेशमा आफूलाई निरन्तर परिमार्जन गर्दै संस्थाले दीर्घकालीन योगदान सिर्जना गर्ने लक्ष्यका साथ विभिन्न लगानी तथा परामर्श सेवाहरू प्रदान गर्दै आएको छ ।

नबिल इन्भेष्टमेन्टले मर्चेन्ट बैंकिङ्ग अन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धन सेवा, डिपी सेवा, सेयर रजिष्ट्रार सेवा, शेयर प्रत्याभूति सेवा लगाएतका सेवाहरु प्रदान गर्दै आइरहेका छ भने ईन्भेष्टमेण्ट बैंकिङ्ग अन्तर्गत लगानी व्यवस्थापन सेवा, सामूहिक लगानी कोष अन्तर्गतका सेवा र संस्थागत परामर्श सेवा जस्ता उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यसका अतिरिक्त संस्थाले कर्पोरेट एडभाइजरी सेवाअन्तर्गत पुनर्संरचना, मूल्यांकन, व्यवसायिक योजना, लोन सिन्डिकेशन, सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्विजिसन तथा लगानीसम्बन्धी परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । निकट भविष्यमा विशिष्टिकृत लगानी कोषअन्तर्गत प्राइभेट इक्विटी फन्ड सञ्चालन गर्ने तयारीमा पनि संस्था रहेको जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १४:२०