२३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

हिमालयन हाईड्रोपावरले हकप्रद निष्कासन गर्न पायो पूर्वस्वीकृती

२३ माघ, काठमाडौं । हिमालयन हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृती पाएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृती पाएको  हो ।

कम्पनीले चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न आयोगमा निवेदन दिएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार ११:०२