२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मकर जितुमाया सुरीको नाफा सामान्य बढ्यो

२३ माघ, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ८ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले यस अवधिमा विद्युत बिक्रीमार्फत २५ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको २४ करोड ५२ लाख रुपैयाँभन्दा बढी हो।

प्रशासनिक तथा अन्य सञ्चालन खर्च १ करोड १५ लाख रुपैयाँबाट बढेर २ करोड १० लाख रुपैयाँ पुगेको छ। ७६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ११ करोड २८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८ पैसा बढेर २१ रुपैयाँ ६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.३१ गुणा रहेको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार ०९:३६