२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

३ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

२२ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से २७.१९ अंकले बढेर २७०८.७० को बिन्दुमा बन्द भएको छ । यस दिन २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर हेको छ ।

आज ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँको कारोबार भएको हो । यस दिन ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १५:१६