२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२२ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से २७.१९ अंकले बढेर २७०८.७० को बिन्दुमा बन्द भएको छ । यस दिन २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर हेको छ ।

आज ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँको कारोबार भएको हो । आज युनियन हाइड्रोपारको सर्वाधिक सेयर कारोबार भएको छ । यस दिन कम्पनीकाे ५८ करोड ७७ लाख रुपैयाँकाे काराेबार भएकाे हाे ।

त्यस्तै, यस दिन राधि विद्युत कम्पनीको ५७ करोड ५० लाख ९९ हजार रुपैयाँ, एसवाई प्यानलको ५३ करोड ७४ लाख रुपैयाँ, आँखुखोला जलविद्युतको ४० करोड ५५ लाख रुपैयाँकाे कारोबार भएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १५:११